आज राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती


 


पाँचथर, कात्तिक २५

किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जन्मजयन्तीकै अवसरमा प्रदेश १ का केही स्थानीय तहले आज सार्वजनिक बिदासमेत दिएका छन् ।

पूर्वी पहाडी जिल्लाहरुमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । पाँचथरमा फाल्गुनन्दको अहिलेसम्मकै ठूलो प्रतिमा अनावरण गरिँदैछ । यसैबीच प्रधानमन्त्री केपी ओलीले समाज सुधारका लागि राष्ट्रिय विभूति फाल्गुनन्दको अभियान अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक विकृति, विसंगति हटाउन उहाँले चलाएको अभियान आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

किरात धर्मगुरु फाल्गुनन्दले १९८८ साल वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट समाज सुधारका सातबुँदे घोषणापत्र जारी गरेका थिए । सरकारले उहाँलाई २०६६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रकाशित मिति: २५ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्