मोरङमा दुई छोरीमाथि बलात्कारको आरोपमा बाबु पक्राउ


 


मोरङ, कात्तिक २४

आफ्नौ दुई छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरी मोरङले बाबुलाई पक्राउ गरेको छ । कानेपोखरी –५, स्थित भौसाबारी बस्ने ३९ बर्षिय नाम परिवर्तन जिते माँझीलाई प्रहरीले पक्राउ गरेको हो ।

माझीलाई आफ्नो १२ बर्षिय र १४ बर्षिय छोरीलाई पटक पटक जवरजस्ती करणी गरेको आरोपमा कात्तिक २० गते पक्राउ गरेको थियो । मामाको घर गएको बेला आफ्नो बुबाको घर फर्कन नमाने पछि करणीको रहस्य खुलेको थियो ।

ज्वाईको हर्कत मामालाको हजुरआमाले नातीनिहरुबाट पटक पटक करणी गर्ने गरेको सुने पछि असोज ३ गते गाउँमा घटना सार्वजानीक भएको थियो ।

स्थानीयको सहयोगमा बालिकाको मामालीबाट असोज २० गते इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएपछि माँझीलाई पक्राउ गरेको प्रहरी निरीक्षक कमल बंजगाईले बताउनुभयो । माझीलाई जवरजस्ती करणीको मुद्दा चलाएको इन्स्पेक्टर बंजगाईले बताउनुभयो । अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्