कांग्रेस महासमिति बैठकका लागि तयारी तीव्र


 


काठमाडौँ, कात्तिक २४

नेपाली कांग्रेसको महासमिति बैठकका लागि तयारी तीव्र पारिएको जनाइएको छ । तर दुईपटक मिति सरिसकेको बैठक फेरि पनि तोकिएकै मितिमा हुनेमा आशंका भने कायमै छ ।

काठमाडौंको भृकुटीमण्डपमा मंसिर २८ गतेबाट सुरु हुनेगरी तोकिएको महासमिति बैठकका लागि उपत्यकाका तीनवटै जिल्ला कार्यसमितिले तयारी थालेको जनाएका छन् । खाना खुवाउनेदेखि बैठकको मञ्चसम्मको तयारी तीव्र पारिएको छ । तर, दुई पटक सरेको महासमिति बैठक तोकिएकै मितिमा हुनेमा आशंका सुरु भएको छ ।

कांग्रेसभित्रको किचलोका कारण महासमिति बैठक सर्दै गएको छ । महासमिति बैठकका लागि विधान संशोधन मस्यौदाले अन्तिमरुप पाउन सकेको छैन । मस्यौदामा संस्थापन र इतर समूहबीच विवाद कायमै रहेको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्