लागुऔषधसहित युवक पक्राउ


 


लहान, कात्तिक २३

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान लहानबाट एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित स्थानीय २४ वर्षीय शिवकुमार मण्डललाई पक्राउ गरेको हो ।

शङ्का लागेर जाँच गर्दा मण्डलको साथबाट लागुऔषध फेनारगन सात थान, डाइजेपाम नौ थान तथा लुपिजेसिक आठ थान बरामद भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: २३ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्