भोजपुरमा राती ९ बजेदेखी देउसीभैलो खेल्न रोक


 


भोजपुर, कात्तिक २१

जिल्ला प्रशासन कार्यालय भोजपुरले राति ९ बजेपछि देउसीभैलोलगायत मनोरञ्जनात्मक कार्यक्रम गर्न रोक लगाएको छ । कार्यालयले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

साथै, चाडपर्वको समयमा पटाका, अतिसबाजी, भुइचम्पाजस्ता प्रज्वलनशील पदार्थ नपड्काउन कार्यालयले अनुरोध गरेको छ । त्यस्तै, जुवातासजस्ता हारजितका खेल खेल्न पनि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्