काँग्रेस केन्द्रीय समितिको बैठक आज


 


काठमाडौं, कात्तिक २०

महासमितिको बैठक सार्नेबारे छलफल गर्न नेपाली कांग्रेसले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । मंसिर ५ देखि ९ सम्म हुने भनिएको महासमिति बैठक सार्नेबारे नेताहरुबीच अनौपचारिक छलफल भईरहेको छ ।

आज बस्ने बैठकमा पार्टी विधान मस्यौदा समितिले विधान पेश गर्ने कार्यसुची छ । विधानमाथिकै छलफलका लागि केन्द्रीय समितिमा कम्तीमा सात दिन लाग्ने अनुमान गरिएको भन्दै प्रवक्ता शर्माले मंसिरभित्रै महासमिति बैठक हुने गरी आजको केन्द्रिय समिति बैठकबाट नयाँ मिति तय हुने सम्भावना रहेको बताउनुभयो ।

महासमिति तयारीस्वरुप गठन भएको विभिन्न प्रस्ताव तयार गर्न बनाइएको समितिले पनि आफ्नो प्रतिवेदन तयार पारेको छैन । कांग्रेसले राजनीतिक प्रस्ताव तयारीका लागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइरालको संयोजकत्वमा सांगठानिक, सहमहामन्त्री डा.प्रकाशशारण महतको संयोजकत्वमा आर्थिक प्रस्ताव समिति बनाएको छ । कांग्रेसभित्र विधानकै विषयमा शीर्ष तहमा मतैक्य हुन सकेको छैन ।

प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्