मुख्यमन्त्री राईको स्वास्थ्य अवस्था सामान्य


 


काठमाडौं, कार्तिक १९
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटीको समस्या पत्ता नलागेपछि उहाँ शुक्रबार उपचारका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको थियो ।

बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको चेकजाँच अनुसार उहाँको अवस्था सामान्य रहेको छ ।

मुख्यमन्त्री राईको स्वास्थ्य चेकजाँजमा डाक्टरहरु Ittipol Komonhirun, Sirichai Niramarnsakul र Suthep Patcharatrakul संलग्न रहनुभएको छ ।

घाँटीको समस्याबाट पीडित उहाँको विस्तृत रिपोर्ट कार्तिक २६ गते प्राप्त हुने भएको छ । मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड जानु भएको हो ।

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्