दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


 


विराटनगर, कात्तिक १९

विराटनगरको मुनालपथमा आज बिहान भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । विराटनगर बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुबहाक बसले ठक्कर दिंदा को १० प ६२५९ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका ५ का ३८ वर्षीय मनोजकुमार मोदीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोदीको उपचारका लागि विराट नर्सिङ होम पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक सिरहा घर भएका २९ वर्षीय दीपेन्द्रकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्