अस्वस्थ भएपछि उर्जामन्त्री पुन अस्पताल भर्ना


 


काठमाण्डौँ, कात्तिक १७

ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई गएराति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

छातिमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्ट लगायतको टोली संलग्न छ । यसअघि जण्डिस बिग्रिएपछि पुनलाई थाइल्याण्डमा उपचार गरिएको थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्