उर्लाबारी खानेपानीको १६ औँ साधारणसभा


 


उर्लाबारी, कात्तिक १४

उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १६ औँ साधारणसभा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १६ औं साधारणसभा आज सम्पन्न भएको छ ।  उर्लाबारी–५ स्थित समगरमाथा साकोसको सभाहलमा भएको उक्त साधारणसभामा प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आगामी दुई वर्षभित्र नगरका सबै वडामा खानेपानी पुर्याउने योजनामा नगरपालिका र खानेपानी संस्था एकभएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अव्यवस्थित बसोबासका कारण पनि सबै स्थानमा खानेपानी पुर्याउन नसकिएको प्रमुख फागोले बताउनुभयो । चालु आर्थिक वर्षमा नगरपालिकाले खानेपानी संस्थाका लागि रु १० लाख बजेट छुट्याएको बताउनुभयो ।

खानेपानी संस्था उपभोक्ता हितमा लाग्नुपर्नेमा जोड दिँदै सर्वसुलभ रुपमा खानेपानी जडान गनुपर्ने बताउनुभयो । साधारणसभामा बिशिष्ठ अतिथी उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले खानेपानी संस्थाले गर्दै आएको कामको प्रशंसा गर्दै उपभोक्ताको हितमा निरन्तर लाग्न शूभकामना दिनुभयो ।

साधारणसभामा खानेपानी महासंघका केन्द्रीय सदस्य सूर्य गुरागाई, वडानम्बर ५ का अध्यक्ष भानु पराजुली लगायतले बोल्नुभएको थियो । साधारसभामा लेखा अधिकृत उत्सव नेपाललाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो ।

अध्यक्ष भुपालसिं जिमीको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका उपाध्यक्ष दिपेन्द्र धिमालले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिब चिन्तामणि पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्