पानी लैजाने विषयमा कुटपिट हुँदा वृद्धको मृत्यु


 


दाङ, कात्तिक १३

दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय ४० वर्षीय मइमान बस्नेतको कुटपिटबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । हत्या आरोपमा बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

भण्डारीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । रासस

प्रकाशित मिति: १३ कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्