नेपाल र मलेसियाबीच आज श्रम सम्झौता हुँदै


 


काठमाडौँ, कात्तिक १२

नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा आज मन्त्रिस्तरीय वार्ता हुँदैछ । द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान गएराति काठमाण्डौँ आउनुभएको छ ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्नुहुनेछ । वार्तामा उहाँहरुबीच नेपालबाट मलेसियाका लागि श्रमिक आपूर्ति, आप्रवासी कामदारका हकहितका विषयमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । त्यसपछि दुवै देशका श्रममन्त्रीले श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने छ । नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।

प्रकाशित मिति: १२ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्