शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन ‘समुदाय–प्रहरी साझेदारी’


 


उर्लाबारी, कात्तिक ११

मोरङ जिल्लामा पनि आजदेखी ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सुरु भएको छ । स्थानीय स्तरमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरवात भएको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्रको माध्यमबाट सुरक्षा सचेतना अभिबृद्धी गर्ने तथा अपराध रोकथाम गर्ने लक्ष्यका साथ यस कार्यक्रम सुरवात भएको हो । यस कार्यक्रम अर्नगत स्थानीय जनप्रतिनिधि र प्रहरीबीच सहकार्यका साथ शान्ति स्थापना गर्न अपराध रोकथामका लागि बिभिन्न अभियानहरु संचालन गरिने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । यो कार्यक्रम वडा–वडा र टोलटोल सम्म पुग्ने उहाँले बताउनुभयो ।

यस कार्यक्रमका लागि स्थानीय तहका प्रमुखहरुले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो । समझदारी अनुसार स्थानीय तहले यस कार्यक्रमका लागि बजेट लगायतमा सहयोग पुर्याउनेछन् । यस कार्यक्रमबाट शान्ति स्थापना, सुरक्षा व्यवस्थापन, विकाश र सुशासन कायम गर्नमा सकारात्म भूमिका खेल्ने विश्वास लिईएको छ ।

सो अवसरमा उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले स्थानीय प्रहरीलाई स्थानीय सरकारले सहयोग गर्दै आएको बताउनुभएको थियो । उहाँले अपराध नियन्त्रणका लागि नगरको मुख्य चौकमा सीसी क्यामरा जडान गरेको बताउँदै इप्रका उर्लाबारीमा साधन श्रोतको कमीका बाबजुत पनि शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बिगतमा पनि प्रहरीलाई सहयोग र समन्वय गर्दै आएको बताउँदै यस कार्यक्रमको माध्यमबाट थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । उर्लाबारी नगरका प्रमुख फागो र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष आचार्यले स्थानीय स्तरमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन आफूहरुले जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्