किन रोकियो विराटनगर जोडिने रेलमार्गको काम ?
विराटनगर, कात्तिक ९
विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोणका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र बनाइएको छ । भारततर्फ भने पाँच किमि रेलमार्ग र दुईवटा स्टेसन बनिसकेका छन् । नेपालतर्फ पर्ने १० किमि क्षेत्रको अझै जग्गा अधिग्रहण हुन सकेको छैन ।
प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार