नेकपाद्धारा प्रदेश कमिटी सदस्य चयन गर्न कार्यदल गठन


 


काठमाडौं, कात्तिक ८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यको चयन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई जिम्मा दिएको हो ।

सचिवालय सदस्यद्वय थापा र पौडेल रहेको उक्त कार्यदलले प्रदेश कार्यदलहरुले पठाएका प्रदेश कमिटीमा रहने सदस्यहरुको सूचीबाट मापदन्डका आधारमा छनोट गरी सचिवालय बैठकमा पेस गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ । दुई सदस्यीय उक्त कार्यदलले केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि तोक्नेछ ।

प्रकाशित मिति: ८ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्