ओखलढुंगामा सय सवारीसाधनलाई कारवाही,७० हजार राजस्व अशुल


 


ओखलढुङ्गा, कात्तिक ७

ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् ।

नियम उलङ्घन गर्ने सवारी चालकलाई अनुशासन र नियम सिकाउँदै जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज कुमार फुयाँलले बताउनुभयो ।

उहाँका अनुसार सदरमुकामबाट जिल्लाका विभिन्न ठाउँका लागि जाने बोलेरो जिप र सुमो बढी कारवाहीमा परेका छन् । “कच्ची सडकमा जोखिम मोलेर क्षमताभन्दा धेरै यात्रु बोक्ने कारवाहीको दायरामा आएका छन् । गल्ती नदोहोर्याउने शर्तमा छाडिएको छ ।” फुयाँलले भन्नुभयो ।

ओखलढुङ्गामा दशैँको समयमा भएको सवारीसाधन कारवाहीबाट रु ७० हजार राजश्व सङ्कलन भएको छ । पर्वका समयमा हुनसक्ने दुर्घटना रोक्न जाँचमा कडाइ गरिएसँगै दशैँ अवधिमै रु ७० हजार राजश्व उठेको ट्राफिक प्रहरी पोेष्ट ओखलढुङ्गाले जनाएको छ । रासस

प्रकाशित मिति: ७ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्