प्रहरी प्रवक्तामा सुवेदी


 


काठमाडौँ, कात्तिक ७

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

यसअघि प्रवक्ता हुनुभएका शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षकमा बढुवा हुनुभएको थियो ।

प्रकाशित मिति: ७ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्