अाज यस्तो बन्दैछ मन्त्रीमण्डल


 


काठमाडौं, असोज २५

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले अाज सानो मन्त्रिपरिषद बनाउने भएका छन् । ओलीले पहिलो चरणमा एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सहभागी गराएर मन्त्रिमण्डल बनाउन लागेका हुन् ।

एमालेले ९, एमाओवादीले ७ र राप्रपा नेपालले ३ मन्त्रालय लिने सहमति भइसकेपछि आइतबार बिहान फोरम लोकतान्त्रिकसँग अर्को सहमति भएकाले मन्त्रालयका बाँडफाँटबारे नयाँ छलफल हुने भएको छ । ओलीको मन्त्रिपरिषदमा पहिलो चरणमा एमालेबाट भीम रावल, विष्णु पौडेल र शत्रुधन जाने सम्भाoli, thapa n dahalवना रहेको स्रोतले जनायो ।

एमाओवादीबाट टोपबहादुर रायमाझीको नाम मात्रै तय भएको छ । एमाओवादीको आइतबार राति अबेरसम्म बैठक बसेको थियो ।राप्रपा नेपालबाट भने अध्यक्ष कमल थापाको मन्त्रिपरिषदमा जानेछन् ।

थापाले उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राप्रपा नेपालका अध्यक्ष थापाले आइतबार राति अबेर नवनिर्वाचित प्रधानमन्त्री ओलीसँग उनकै निवास बालकोटमा छलफल गरेका छन् ।

फोरम लोकतान्त्रिकले भने उपप्रधानमन्त्री र गृहमन्त्री माग गरेको स्रोतले जनाएको छ । तर को–को नेता सहभागी हुने भनेर अन्तिम निर्णय भइनसकेको बताइएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्