इलाममा भिरबाट लडेर महिलाको मृत्यु


 


इलाम, असोज २३

इलामको रोङ गाँउपालिका–६, वन्सुवामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीया फूलमाया राई रहेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएकी राई हिजो दिउँसो घरबाट निस्किएकी थिइन् । लामो समयसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ ७ बजे घरबाट ६० मिटर जति टाढा रहेको भीरबाट करिब १०० मिटर तल खसेर मृत्यु भएको अवस्थामा श्रीमान कालुमान राईले फेला पारेको बताइएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्