प्रदेश नं १ को चालू संसद बैठक आजबाट सकिदै, मुख्यमन्त्रीले सम्बोधन गर्ने


 


विराटनगर, असोज २३
प्रदेश नं १ को चालु प्रदेशसभा बैठक आजबाट समाप्त हुँदैछ । चालू बर्खे अधिवेशन आजबाट अन्त्य हुन लागेको हो । बैठकालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विशेष सम्बोधन गर्देछन् ।

बर्खे अधिवेशन अन्त्यका लागि सरकारले सोमबार नै प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङलाई पत्र पठाएको छ । आज प्रदेश प्रमुखको पत्र संसदमा पढेर सुनाएपछि चालु बर्खे अधिवेशन अन्त्य हुनेछ ।

संसदको हिउँदै अधिवेशन छठ पर्व पछि सुरु हुने प्रदेशसभा संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्