इलामको भारतीय सीमा क्षेत्रमा .सशस्त्र प्रहरी परिचालन


 


इलाम, असोज २२

इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन पोष्ट (बिओपी)राख्ने तयारी भएको हो ।

इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सशस्त्रको बिओपी क्याम्प बस्ने भएको हो ।  गुल्मबाट गणमा स्तरोन्नति भएपछि सशस्त्र प्रहरी बल, नेपाल १ नं. गण इलामले सीमा सुरक्षाका लागि पोष्ट खडा गर्ने भएको हो । सरकारी नीतिअनुसार जिल्लाका ४ स्थानमा बोर्डर अब्जरवेशन पोष्ट रहने छन् ।

प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्