रामेछापमा पानी सर्केर एक कैदीको ज्यानै गयो


 


रामेछाप, असोज २१

जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा छ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको मृत्यु भएको हो ।

पानी खानेबेलामा सर्केर कारागारभित्र नै ढलेका कैदी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा आज मृत्यु भएको जिल्ला कारागार कार्यालय रामेछापका निमित्त प्रमुख प्रमोद अधिकारीले जानकारी दिनुभयो ।

२०६९ चैत्र १२ गते कैद परेको कैदी सुशील श्रेष्ठलाई २०७३ माघ १३ गते रुपन्देही जिल्लाबाट रामेछाप कारागारमा सारिएको थियो । रासस

प्रकाशित मिति: २१ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्