काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज


 


काठमाडौँ, असोज २१

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरु काठमाडौँबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको थियो ।

पछि नेता उपलब्ध हुने देखिएपछि आजका लागि बैठक बोलाईएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, नेपाल विद्यार्थी सङ्घको विधान पारित, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक काँग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २१ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्