आजदेखी नयाँ नोट वितरण हुने, कहाँ कहाँ पाईन्छ त ?


 


काठमाडौं, असोज २१

यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले आजदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिएपनि ती संस्थाले पनि आजदेखि मात्र वितरण सुरु गर्दैछन् । नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्