बंगबन्धु गोल्डकको समूह चरणबाटै बाहिरियो नेपाल


 


 

काठमाण्डौँ, असोज २०

नेपाल बंगबन्धु गोल्डकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाल आज शनिबार भएको दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित भएपछि गएको संस्करणको उपाधि विजेता नेपालको बंगबन्धु गोल्डकप फुटबलको यात्रामा पूर्णविराम लागेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल खान पुगेको थियो । प्यालेस्टाइनले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । यो सँगै प्लोस्टाइन र ताजिकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

 

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्