झापामा चार वर्षीया बालिका बलात्कृत


 


झापा, असोज २०

झापामा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। झापा गाउँपालिकाको वडा नम्बर ५ का २२ वर्षीय युवकले शुक्रबार राति बालिका बलात्कार गरेका हुन्।

शुक्रबार राति ९ वजे बालिकालाई बलात्कार गरेको आरोपमा कन्काई नगरपालिका ७ का राजकुमार हेमरनलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घटना घटेको पाँच मिनेटमै आरोपीलाई पक्राउ गरिएको हो।

हेमरनले बालिकालाई ललाई फकाई गरी खेतको आलीमा लगेर बलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए।

स्थानीयबाट खबर प्रहरीले पाउनेवित्तिकै प्रहरी परिचालन गरेर पाँच मिनेटमै आरोपी पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्