निगमले काठमाण्डौँ–ताप्लेजुङ उडान गर्दै


 


ताप्लेजुङ, असोज १९

लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौं ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ ।
असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो ।

यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका सार्वजानिक गरेको छ ।

यता समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसकेपनि आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ । मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्