अमेरिका जाने सुवर्ण अवसर ! आज रातीबाट डिभी चिट्ठा खुल्दै


 


काठमाडौं, असोज १७

सन् २०२० को लागि डिभि लोटरी बुधबार रातिबाट खुल्ने भएको छ । नेपाली समय अनुशार बुधबार राती पौने १० बजेदेखि इलेक्टोनिक्स डाइभर्सिटी भिसा (डिभी) भर्न सकिने भएको हो ।

डिभी भर्ने अवधि असोज १७ गते राति पौने दश बजेदेखि कार्तिक २० गतेसम्म रहेको छ । अर्थात ईस्वी सम्बत् अनुसार अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म भर्न सकिने छ ।

अमेरिकी सरकारले आवेदन आफै भर्न र यसको लागि शुल्क खर्च नगर्न समेत सुझाव दिएको छ । एक जना व्यक्तिले एक भन्दा बढी डिभी आवेदन दिएमा स्वत बदर हुने छ । www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम निशुल्क भर्न सकिने छ। यसवर्षको डीभीको रिजल्ट भने ७ मे २०१९ बाट आउन शुरु गर्नेछ ।

 

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्