मलामी बोकेको जीप दुर्घटना


 


पाल्पा–मलामी लिएर राम्दी तर्फ जाँदै गरेको लु.१ ज २०५० नम्वरको जीप बुधबार विहान दुर्घटना हुदा छ जना घाईते भएका छन् ।दुर्घटनामा बगनासकाली गाउँपालिका छ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बगनासकाली गाउँपालिका बराङदीकी ३८ वर्षकी सिता घिमिरे, ३० वर्षका कालिराज घिमिरे, ३७ वर्षका भरत घिमिरे, १२ वर्षका किरण घिमिरे र ४५ वर्षका लक्ष्मण घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।

घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्