काठमाण्डौँबाट ५ किलो सुनसहित पक्राउ


 


काठमाण्डौँ, असोज १७

काठमाडौंको बालाजुमा ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । बालाजुको तीनपिप्लेबाट ५ किलो सुनसहित एकजनालाई गएराति पक्राउ गरिएको काठमाडौंका एसपी बसन्त लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सुन केरुङ नाकाबाट ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्ने व्यक्तिलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको छ । यसअघि केहीदिन अघि पनि ३ किलो सुनसहित १ जना पक्राउ परेका थिए ।

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्