बच्चा जन्माएर कुलोमा बगाउने ‘कुमारी आमा’


 


काठमाडौं, असोज १७

बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन् । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

फलेवास नगरपालिका १०, कुर्घाकी १७ वर्षीया अविवाहित ती युवती र सोही ठाउँ बस्ने उनका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन् ।

ती युवतीले गत भदौ १८ गते राति आफ्नै घरमा शिशुलाई जन्माएर घर नजिकै रहेको नहरमा फालेकी थिइन् ।

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्