प्रदेशको नाम र राजधानीको टुङ्गो चाँडै : मन्त्री कार्की


 


विराटनगर,असोज १६

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र प्रदेशको नाम र स्थानीय राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ ।

उहाँले राष्ट्रिय समाचार समितिसँग आज कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलको दुई दिनदेखि यहाँ भइरहेकोे बैठकमा चर्चामा आएका प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले नामको ट्ङगो लागेपछि विभिन्न राजनीतिक दलसँगको छलफलपछि प्रदेशसभामा पेश गरी यही अधिवेशनभित्र प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गरिने जानकारी दिनुभयो ।

आजसम्म २० प्रदेशसभा सदस्यले बोलिसकेको बताइएको छ । प्रदेश नं १ मा नेकपाका ६७ प्रदेशसभा सदस्य छन् । रासस

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्