भोजपुरमा पाँच हजार भूकम्प पीडितको गुनासो संकलन


 


भोजपुर, असोज १६

भूकम्प कार्यान्वयन एकाइ भोजपुरमा गत मङ्सिर महिनासम्म पाँच हजार १०६ भूकम्प पीडितको गुनासो सङ्कलन भएको छ । कार्यालयमा सङ्कलित गुनासामध्ये सबैभन्दा बढी भोजपुर नगरपालिकाबाट दुई हजार ९४, षडानन्द नगरपालिकाबाट एक हजार २२१, आमचोक गाउँपालिकाबाट ४६३, टेम्केमैयुङ गाउँपालिकाबाट ३८२, अरुण गाउँपालिकाबाट ३४७, रामप्रसाद राई गाउँपालिकाबाट २१८, साल्पासिलिछो गाउँपालिकाबाट १८६, हतुवागढी गाउँपालिकाबाट १६१ र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकाबाट ३२ जनाको सङ्कलन भएको एकाइ प्रमुख राजनराज रेडीले बताउनुभयो ।

सङ्कलित गुनासालाई सिफारिश गरेर पठाइने र त्यसपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । अहिले पनि गुनासो सङ्कलन भइरहेको जनाइएको छ ।

यसअघि लाभग्राही सूचीमा परेका पाँच हजार ७४९ मध्ये पाँच हजार २४४ जनाले पहिलो र दुई हजार ३६४ जनाले दोस्रो किस्तावापतको रकम लिएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्