प्रधानमन्त्री ओली कोस्टरिका प्रस्थान


 


न्युयोर्क ।प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली सहितकोनेपाली प्रतिनिधिमण्डलको टोलि कोस्टरिका प्रस्थान गरेको हो ।
कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा टोलि कोस्टारिकाको औपचारिक भ्रमणका लागि आज सान होजेतर्फ प्रस्थान गरेको हो ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्