सिंहदरबारभित्रै पीए कुटिएपछि…
काठमाडौं, असोज १४
सिंहदरबार भित्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि मन्त्रीहरूको सचिवालयमा सुरक्षा सतर्कता बढाइएको छ ।
केही साताअघि मन्त्रालयभित्रै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मन्त्री यादवका पीएमाथि हातपात गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।
अहिले सिंहदरबारभित्र रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको छ । घुम्ती टोलीसहित सुरक्षा सतर्कता बढाएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ ।
सिंहदरबारभित्र बीस जनाभन्दा बढीको डेलिकेसन आएको अवस्थामा उक्त टोलीले निगरानी गर्ने भएको छ ।
प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार