अपराधीले सजाय पाएरै छाड्छ – गृहमन्त्री


 


काठमाण्डौ ।गृहमन्त्री रामबहादुर थापा वादलले ढिलोचाडो सबै अपराधिलाई सजाय हुने बताएका छन् ।अहिले भईरहका नेपाल प्रहरीले अपराधिहरुलाई पक्राउ गरेरै छाड्ने उनले बताए ।

शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा गृहमन्त्री बादलले निर्मला पन्तले न्याय पाउनेमा विश्वस्त हुन आग्रह समेत गरे । उनले राजनैतिक प्रसंग जोड्दै सरकारले घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षडयन्त्र हुन थालेको बताए ।

यसले देशलाई सम्बृद्ध बनाउन र सुशासन कायम गर्न अहिलेको सरकार लागि परेको भन्दै उनले देशमा विधिको शासन चल्ने बताए ।

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्