बलात्कारीलाई फाँसी दिनुपर्ने पक्षमा गृहमन्त्री
काठमाडौं, असोज १३
गृहमन्त्री रामबहादुर थापा बलात्कारीलाई फासीको सजाय हुनुपर्ने पक्षमा देखिएका छन् । उनले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । अन्नपूर्णमा खबर छ ।
बलात्कारीलाई फाँसी दिनका लागि उनले कानुन संशोधन गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।
गृहमन्त्रीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा ठोस कदम चाल्न नसकेको पनि स्वीकार गरेका छन् ।
प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार