नेपालको ज्येष्ठ नागरिक गुरुङको एक सय १५ बर्षमा निधन


 


लेखनाथ, १२ असोज
पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रूपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।

नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आउनुभएको थियो । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्