फेरि घट्यो सुनको मूल्य, कतिमा झर्यो ? हेर्नुहोस्


 


काठमडौं, असोज ११
बजारमा आज फेरि सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ झर्दै ५८ हजार एक सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने आज यथावत नै छ । आज पनि चाँदी प्रतितोला सातसय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्