पश्चिम सेती आयोजनाः यसरी खोजिदैछ निर्माण ढाँचा


 


काठमाडौं, असोज ११
पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि सरकारले उपयुक्त ढाँचा खोजी गर्दैछ । नयाँ ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने सरकारको योजना छ ।

चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म आयोजनाले कुनै प्रगति गरेको थिएन भने पछि आफै बाहिरिएको थियो ।

थ्री गर्जेजले छोडेपछि सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी संलग्न रहेको एक कार्यदल गठन गरेको छ ।

सो कार्यदलले दिने सुझावका आधारमा आयोजना निर्माणको उपयुक्त ढाँचा तय गरिनेछ । कार्यदल सदस्यसमेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले आयोजनाको विषयमा उपयुक्त ढाँचाको खोजी गरिने बताउनुभयो ।

लामो समयदेखि निर्माणको प्रक्रिया अगाडि बढ्न नसक्दा आयोजना प्रभावित क्षेत्रमा विकास निर्माणको कामसमेत प्रभावित भएको छ ।

कूल ७५० मेगावाट क्षमताको सो आयोजनाको लागत रु एक खर्ब ८० अर्बको हाराहारीमा पुग्ने अनुमान छ । रासस

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्