तीन महिनामा लागूऔषधसहित २७ जना पक्राउ


 


दमौली, असोज ११
तनहुँ प्रहरीले चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा लागूऔषधसहित २७ जनालाई पक्राउ गरेको छ ।

साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीको तथ्यांकअनुसार साउनमा १२, भदौमा १२ र असोजको १० गतेसम्म तीन जना पक्राउ परिसकेका छन् । प्रहरीले बुधबार मात्रै पनि यात्रुवाहक बसमा लागूऔषध ओसारपोसार गर्ने एक युवालाई पक्राउ गरेको

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा नवलपरासी बुम्दीकाली गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–४ सिद्धार्थचोक बस्ने २० वर्षीय पारस सार्की छन । उनलाई प्रहरीले कुकुरको सहयोगमा पक्राउ गरेको हो । रासस

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्