चिकित्सकले गरे अपहरणको नाटक, प्रहरीलाई दिए यस्तो बयान


 


लहान असोज १०
सिराहाको लहानबाट अपहरणको गरेको भनिएका चिकित्सक सुवास यादवलाई प्रहरीले उद्दार गरेको छ ।

हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक यादवलाई प्रहरीले हिजो राति सर्लाहीको नवलपुरबाट उद्दार गरेको हो ।

उनलाई अज्ञात समूहले गाडीमा हालेर अपहरण गरेको उनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् । तर, उनलाई प्रहरी म २ प ८२८६ नम्बरको मोटरसाइकलमा भेटिएका थिए।

श्रीमतीसंगको खटपटका कारण चिकित्सकले अपहरणको नाटक गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनले पनि आफू आफूखुशी मोटरसाइकलमा गएको प्रहरीलाई बताएका छन् ।

उनलाई अहपरणको नाटक गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्