सिरहाबाट डाक्टर अपहरणमा


 


सिरहा, असोज १०

सिरहाको लहानबाट अज्ञात समूहले एक डाक्टरलाई अपहरण गरेर लगेका छन् । मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा. सुवास यादवलाई ४ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण गरेको बताइएको छ ।

‘अपहरण भएको सूचना पाएसँगै प्रहरी परिचालन गरेर खोजतसाल गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी जीवन श्रेष्ठले भन्नुभयो, ‘अपहरणकारीको यकिन गर्दै छौं, राजमार्गमा चेकजाँच भइरहेको छ ।’

मकवानपुरको हेटौंडास्थित सहकारी अस्पतालमा कार्यरत डा. यादव पछिल्लो एक महिनायता लहानस्थित ससुराली घरमा बस्दै आउनु भएको थियो । लहान स्थित घरबाहिर हिँडदै गरेको अवस्थामा उहाँ अपहरणमा परेको बताइएको छ ।

प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्