सहकारीको साधारणसभामा पत्रकार राई पुरस्कृत


 


झापा, असोज ८

झापा, दमक ९ मा रहेको समता कृषि सहकारी संस्थाले आज आफ्नो सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । वडाध्यक्ष रामबहादुर धिमालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

सहकारीका सचिव पर्शु रिजालले सन्चालन गर्नु भएको कार्यक्रममा संस्थाबाट ऋण लिएर च्याउ खेती गर्नु भएकी सुकमायाँ धिमाललाई समेत असल कृषकको रुपमा सम्मान गरिएको थियो । सहकारीका सेयर सदस्य कुमार खनालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सुभमंगल सहकारी संस्थाका अध्यक्ष उमाकान्त आचार्य, सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैबीच गत बर्ष सहकारीको क्षेत्रमा कलम चलाएर उत्कृष्ट कार्य गरेको भन्दै पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य अनिलदेव राईलाई पुरस्कृत गरिएको छ । राईलाई उत्कृष्ट पत्रकारको रुपमा सम्मान पत्रसहित नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यस्तै दमक वडा नम्बर ६ मा रहेको सुर्यदर्शन सहकारी संस्थाले पनि आज आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानिय कश्मिक पार्टि प्यालेसमा एक कार्यक्रमका विच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न गरेको हो । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्