मानव तस्करीमा दूतावास नै सक्रिय रहेको खुलासा
काठमाडौं, असोज ७
ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा नेपालीलाई युएई लिने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको रहस्य खुलेको छ ।
अनुसन्धानका क्रममा सयौं डकुमेन्ट भेटिएको र प्रविविको प्रयोग गरेर भिजिट भिसालाई रोजगार भिसा बनाइएको खुलेको हो । अन्नपूर्णमा खबर छ ।
दुवईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड सर्भिलिएन्स एलएलसीले युएई ल्याएको २ सय ७१ नेपाली यही विधिबाट लिइएको छ । यस्ता गलत काम गर्नेमाथि दूतावासले काम गर्नुपर्ने भए पनि उल्टै साथ दिएको छ ।
नेपालीको शुरुमा भिजिट भिसा निकाल्ने र त्यसलाई नक्कली रोजगार भिसा बनाइ नेपाली दूतावासबाट प्रमाणित गराउने गरिएको खुलासा भएको छ ।
प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार