प्रहरी देखेर भागेका दुई युवाबाट चरेस बरामद


 


बझाङ, असोज ४
बझाङको मष्टा गाँउपालिका धुरिल्लमा अवैध रुपमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा प्रहरीले १८ किलो चरेस बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय भातेखोलाबाट खटिएको प्रहरीले टोलीले चरेस बरामद गरेको हो । चरेससँगै सोही गाँउपालिका २ खिकाला घर भएका १८ वर्षीय दीपक बोहारा र ३९ वर्षीय हस्ता पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान १० बजेतिर बाटोमा दुईवटा कालो झोला बोकेर आएका दुवै जनाले प्रहरी देखेर भाग्न खोजेपछि झोला चेक जाँच गर्दा चरेस भेटिएको हो ।

दुबै जनाको झोलाबाट ९–९ किलो गरी अठार किलो चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले जानकारी दिए ।

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्