मोरङमा कारको ठक्करबाट युवकको ज्यान गयो


 


मोरङ, असोज १

मोरङको कानेपोखरी गाउँपालिका – ७ स्थित पूर्वपश्चिम राजमार्गमा हिजो साँझ कारको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च २०६३ नं.को कारले बिपरित दिशाबाट आउँदै गरेको ना ४० प १९४३ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडी सवार झापा, मेचीनगर नगरपालिका– १० धुलाबारी बस्ने ३० वर्षिय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक खोटाङ, रुपाकोट–मझुवागढी नगरपालिका– ८ बस्ने ३० वर्षिय चन्द्रबहादुर गुरुङ गम्भिर घाईते भएकाले बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । ठक्कर दिने कारलाई नियन्त्रणमा लिएपनि चालक फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाँईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्