पौडेलको हत्या विरोधमा गौरीगञ्ज बजार बन्द


 


झापा, भदौँ २८

झापा उधोग वाणिज्य संघ शाखा गौरीगञ्जले दमकका व्यवसायी खेमराज पौडेलको हत्या विरोधमा आज गौरीगञ्ज बजार बन्द गरेको छ ।
वाणिज्य संघले विहान ८ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि आज एक दिन हत्या विरोध तथा श्रद्धाञ्जली स्वरुप बजार बन्दको आव्हान गरेको हो ।

वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतोले कमल गाउँपालिका ६ निवासी व्यवसायी पौडेलको निर्मम तरिकाले हत्या भएकाले त्यसको घोर भत्र्सना गर्नु भएको छ । उहाँले घटनामा संलग्न जोकोही भएपनि कानुनअनुसार कारबाही हुनुपर्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले पौडेलको हत्याले गौरीगञ्जमा व्यवसायी र स्थानीयबासी त्रसिद बनेको बताउनु भयो । उहाँले गौरीगञ्ज नेपाल–भारत सीमा क्षेत्र नजिकैको बजार भएकाले यहाँ विशेष सुरक्षा रणनीति अपनाउन स्थानीय प्रशासनसमक्ष माग गर्नु भयो ।

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्