हत्याको बिरोधमा दमकमा व्यवसायीहरुको मौन र्याली


 


झापा, भदौ २८

दुई दिनअघि झापाको गौरीगञ्जमा हत्या गरिएका दमकका युवा व्यवसायी खेमराज पौडेलको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दे आज दमकमा व्यवसायीहरुले मौन र्याली निकालेका छन् ।

व्यवसायी हत्याको विरोध स्वरुप दमक उद्योग वाणिज्य संघले हत्यामा संलग्न अपराधीलाई कारवाही र व्यवसायी सुरक्षाको माग गर्दे मौन र्याली निकालेको हो । व्यवसायी सुरक्षाको माग राखेर निकालिएको र्याली दमक चौक,वजार परिक्रमा गरिएको थियो ।

संघका अध्यक्ष राजेन्द्र ढकालले व्यवसायी पौडेलको हत्याको घटनाले असुरक्षा बढेको भन्दै त्यसप्रति प्रशासन गम्भिर वन्न माग गर्दे इलाका प्रहरी कार्यालय दमकमा ध्यानकर्षण समेत गरिएको बताउनुभयो । दमक–६ मा पौडेलले राजदिप इन्टरप्राइजेज फर्म सञ्चालन गर्दै आउनुभएको थियो । कमल गाउँपालिका –ं ६ मंगलबारेका ३८ बर्षिय कपडा व्यापारी पौडेलको श्रीमती दिपासंगै गौरीगञ्ज बजार ताकेता गएका वेला अपहरणपछि गत भदौ २६ गते हत्या भएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय सद्याम हुसैनलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । पक्राउ परेका २८ बर्षिय हुसेनले रिसीइवीका कारण आवेगमा आएर हत्या गरेको स्वीकारेको प्रनि पौडेलले बताउनुभयो । पौडेलको हत्यामा संलग्न हुसेनलाई बुधबार जिल्ला प्रहरी कार्यालयले समेत सार्वजनिक गरेको थियो । हुसेनले पौडेललाई व्यवसाय लेनदेनका क्रममा बुझाउन बाँकी ९० हजार रकम लिन बोलाएर हत्या गरेका थिए ।

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्