बलात्कारी जोगाउन सांसद नै सक्रिय, घरमै छलफल


 


रौतहट, भदौ २८
रौतहटमा बालिका बलात्कारीलाई जोगाउन प्रदेशसभा सदस्य नै सक्रिय बनेको सार्वजनिक भएको छ ।

घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसद अब्दुल कलाम आजादले आफ्नै घरमा छलफल गरेका खुलासा भएको छ । कान्तिपुरमा खबर छ ।

पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो । यसअघि
पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको चार दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

रौतहटको गम्हरियाकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० बर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ ।

घटना ढाकछोप गर्न अन्सारीलाई १ लाख २० हजार क्षतिपूर्ति तिराउने निर्णयसिमेत भएको पीडितको भनाइ छ ।

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्